काठमाडौं । कोरोनाको महामारीपछि नेपाल वायुसेवा निगमले बिहीबारदेखि भारतको दिल्ली उडान भर्दै छ। कोभिडका कारण चैत ११ गतेदेखि बन्द काठमाडौं–दिल्ली उडान ९ महिनापछि सुरु हुन लागेको हो ।
भारतको एयर बबल स्किम (दुवै मुलुकबाट १/१ उडान) प्रणालीअन्तर्गत बिहीबारदेखि नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले दिल्ली उडान भर्दै छ। उडानका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।