काठमाडौँ । नेकपा भित्रको विवादका कारण सरकारले संसद् विघटनका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको हो ।

प्रधानमन्त्री ओलीले यसअघि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यसको चौतर्फी विरोध भइरहेको र फिर्ता ल्याउन प्रधानमन्त्री समेत सहमत भइसकेको अवस्थामा आइतबर मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएर संसद विघटनका लागि सिफारिस गरिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।