आज मंगलबार घट्यो सुनको भाउ (आजको मूल्यसहित)

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेर कारोबार भइरहेको छ । छापावाला सुन आज प्रतितोला ९४ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रति तोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार छापावाला सुन प्रतितोला ९५ हजार २०० रुपैया र तेजाबी सुन ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला आज एक हजार ३१५ रुपैयाँमा कारोवार भएको छ । तर सोमबार सो धातु एक हजार ३२० रुपैयाँमा कारोवार भएको थियो ।