थापा, रायमाझी र भट्टले छाडे प्रचण्डको साथ

काठमाडौं । पूर्वमाओवादी तथा नेकपा नेता हरिबोल गजुरेल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समूहमा आएका छन् । गजुरेल प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने भएका हुन् । प्रचण्डले बोलाएको केन्द्रीय कमिटी बैठकमा जाने उनले बताएका छन् । मणि थापा र टोपबहादुर रायमाझी भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा गएका छन् ।

थापा र रायमाझीले प्रचण्डको साथ छोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका हुन् । अर्का पूर्व माओवादी नेता लेखराज भट्ट यसअघि नै ओलीतिर लाग्दै आएका छन् । उनी प्रधानमन्त्री ओलीले सोमबार बोलाएको सांसदहरुको भेलामा मञ्चमै थिए । हालका गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले भने अहिलेसम्म कता जाने निर्णय गर्न सकेका छैनन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला