ओली पक्षधर नेकपा केन्द्रीय कमिटी गृहमन्त्री बादलद्धारा अस्वीकार

काठमाडौं । पूर्व माओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा बादलले ओली पक्षधर नेकपा केन्द्रीय कमिटी अस्वीकार गरेका छन् । अहिले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा उनी उपस्थित भएका छैनन् ।
नेकपा लगभग फुट्ने पक्कापक्की भइसकेको अवस्थामा नेताहरुबिच विभाजन जारी छ भने बादल अहिलेसम्म कतै पनि नखुलेका नेता हुन् । उनले सोच विचार गरेर निर्णय गर्ने बताएका छन् । हिजो साँझ उनको प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको थियो भने आज बिहान प्रचण्डले भेट गरेका थिए । स्रोतका अनुसार बादलले प्रचण्डलाई साथ दिने संकेत गरेका छन् ।