काठमाडौं । गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले युद्धकालिन नेता प्रचण्डको साथ छाड्दै नेकपा (ओली) कित्ता समातेका छन् । ओली समूहको बालुवाटारमा केन्द्रीय कमिटी बैठकमा बादल पुगेका छन् । बादल ओली समूहमा गएपनि उनका प्रमुख राजनीतिक सल्लाहकार तथा नेकपाका युवा नेता पथिक भने प्रचण्ड नेपाल समूहमा आएका छन् । बादलसँग ओली समूहमा कुनै पनि केन्द्रिय नेता गएका छैनन् ।

यसअघि उनी कुनै समूहमा पनि लागेका थिएनन् । आजदेखि भने उनले कित्ताकाट गरेका हुन् । बालुवाटारमा सुरु भएको बैठकले आगामी कार्यक्रम तय गर्ने भएको छ । केन्द्रीय सदस्य गोकुल बाँस्कोटाका अनुसार बैठकमा पार्टीको कार्याक्रम र निर्वाचनको तयारीबारे छलफल हुनेछ । यसअघि नै लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा लागि सकेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।