काठमाडौं । नेपाली बजारमा पछिल्ला दुई दिन घटेको सुनको भाउ आज बिहीबार भने सामान्य बढेर कारोबार भइरहेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजकोलागि छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
बुधबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा किनबेच भएको थियो । यसैगरी चाँदीको मूल्य पनि बिहीबार वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँ तोकिएको थियो ।