नेपालको राजनीतिक घटनाको गहिरो चिन्ता र चासोमा चीन

काठमाडौं । उत्तरी छिमेकी चीनले नेपालको बदलिँदो पछिल्लो राजनीतिक घटनामा गहिरो चासो र चिन्ता व्यक्त गरेको पाइएको छ । चीनले खुलेर कुनै प्रतिक्रिया नदिएपनि अहिलेको घटना र अब सम्भावित राजनीतिक घटनाका विषयमा गहिरो रुपमा अध्ययन गरिरहेको पाइएको छ । दक्षिणी छिमेकी भारत जस्तो छिमेकी राष्ट्रलाई हस्तक्षेपकारी नीति नलिएको चीनले पछिल्लो राजनीतिक घटनामा हस्तक्षेपको नीति नलिएपनि चासो र चिन्ता भने गरिरहेको पाइएको हो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले संसद विघटनपछि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी छिन् । राजदूत यान्छीले बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन् । प्रचण्ड र होउबीच समसामयिक विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ । दुतावासले भेटबारे खुलाएको छैन । चिनियाँ विज्ञहरुले भने नेपालमा पुनः राजनीतिक अस्थीरता बढ्न जाने र विकास र समृद्धिमा असर पर्ने भन्दै निरन्तर चिन्ता व्यक्त गर्दै आएको पाइएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला