केपी ओलीको सनकले देश भड्खालोमा पर्‍यो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीको सनकले देश भड्खालोमा परेको बताएका छन् । पार्टीभित्रको विवाद मिलाउन नसक्दा प्रतिनिधिसभा नै विघटन गरेर देश भड्खालोमा पार्ने र संविधानमाथि धावा बोल्ने काम गरेको उनकाे भनाइ छ ।

अध्यक्ष केसीले कसैको उन्माद, सनक, पद र प्रतिष्ठाका लागि गरिएको संसद् विघटनविरुद्ध संसद् पुनस्स्थापनाका लागि आन्दोलन चर्काउनुपर्ने बताए । ‘गणतन्त्र, देशको स्वाधिनता, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध आवाज उठिरहेका बेला ओलीले मध्यावधि निर्वाचन घोषणा गर्नु बदमासी, जबरजस्ती, अलोकतान्त्रिक हो,’ उनले भने, ‘असंवैधानिक कदमविरुद्ध सबै दल मिलेर आन्दोलनमा जानुको विकल्प छैन ।’

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

उनले ओलीले आफ्नो दलभित्रको विवाद मिलाउन नसक्दाको सनक संसद्मा पोखेको बताए । उनले भने, ‘आफ्नो दल मिलाउन पनि नसक्ने, बहुमतको निर्णय पनि नमान्ने । अब मान्नुपर्ने भयो भने पनि संसद विघटन गरेर मध्यावधि चुनावमा जाने रु त्यस्तो पनि गर्न पाइन्छ,’ उनले प्रश्न गरे ।