यसरी त्यागे हुम्लाका सांसद छक्कबहादुर लामाले ओली समूह

काठमाडौं । हुम्लाका सांसद छक्कबहादुर लामाले प्रधानमन्त्री केपी ओली समुहको केन्द्रिय सदस्य त्याग गर्दै नेकपा प्रचण्ड–माधव समूह रोजेका छन् । उनले हुम्लाको जनताको भावना अनुसार प्रचण्ड माधव समूह रोजेको एक विज्ञप्ति जारी गरेर जनाएका छन् ।

यसअघि नेकपा ओली समूहमा उनलाई केन्द्रीय सदस्य बनाइएको थियो । तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको प्रचण्ड-नेपाल समूहमा आएको उनले बताएका छन् । ‘म मात्र त्यता बसेर भएन, बहुसंख्यक कार्यकर्ताले यता बस्नुपर्छ भनेर आग्रह गरे’ उनले भनेका छन् । उनले प्रचण्ड-माधव समूह नै मुल पार्टी भएको भन्दै यसमा आवद्ध हुन समेत अपील गरेका छन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला