काठमाडौं । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादसँगै देखिएको विभाजनले प्रदेश सरकारहरुमा पनि प्रभाव पर्न थालेको छ । केन्द्रको विभाजनको असर शनिबारसम्म प्रदेश एकमा पुगेको छ । शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन्।
सरकार ढाल्ने गतिविधिमा संलग्न रहेको र हस्ताक्षर अभियान सञ्चालन गरेको भन्दै मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई बर्खास्त गरेको आरोप छ । स्रोतका अनुसार आइतबार नेकपाकै सांसदहरुले मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ ।
यसअघि, शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध नेकपाकै सासंदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिसभा विघटन गरीसकेका छन् ।
प्रदेश एक सरकार पनि धुरमुरमा, मुख्यमन्त्रीले हटाए अर्थ मन्त्री
Comments