कक्षा १२ मा परीक्षा दिन छुटेकाको १६ गतेदेखि परीक्षा

काठमाडौं । सरकारले गत मंसिरमा लिएको कक्षा १२ को परीक्षामा छुटेका विद्यार्थीहरुका लागि पुनः परीक्षाको व्यवस्था गरेको छ । कोरोनाको कारण परीक्षा दिन छुटेकाहरुका लागि आगामी १६ गतेदेखि परीक्षा दिन पाउने व्यवस्था गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण यसअघि मंसिरमा लिइएको परीक्षा दिन नपाएका विद्यार्थीहरुलाई फेरि परीक्षा दिन पाउने गरी अवसर दिएको हो । पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै मौका परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला