काठमाडौं । हिजो थोरै बढेको सुनको मूल्य आज भने सामान्य घटेर कारोबार भइरहेको छ । नेपाली बजारमा सुनको भाउ आज (बिहीबार) प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरेको छ । आज हिजोको तुलनामा तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९४ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको भाउ ९३ हजार ६ सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३०० रहेको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।