अस्पतालभित्रै चर्च बनाएर धर्म परिवर्तन गराउने अमेरिकी चिकित्सक माइकलले छाडे नेपाल

काठमाडौँ । काभ्रेको बनेपास्थित शिर मेमोरियल अस्पतालका चिकित्सक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका अमेरिकी नागरिक डा. डेल माइकल मोलले अस्पतालभित्रै धर्म परिवर्तन गर्ने गरेको पाइएको छ । अस्पतालभित्रै चर्च स्थापना गरेर हिन्दु र बौद्धमार्गी नेपाली नागरिकलाई गैरकानुनी रूपमा धर्म परिवर्तन गराएको आरोपमा सरकारले छानबिन सुरु गरेपछि उनी भागेका छन् ।

कारबाही हुनु २ दिनअगावै ५०६०२०७२१ राहदानी वाहक उनी पत्नी सुशन मोलसहित सोमबार अमेरिका प्रस्थान गरेको पाइएको हो । डेल दम्पती सन् २०१५ डिसेम्बरदेखि अस्पतालमा कार्यरत थिए । शिर मेमोरियल अस्पताल सन् १९६० बाट अमेरिकी नागरिक चार्ल्स जे शिर र उनकी धर्मपत्नी क्यारोलिनका नाममा स्थापना भएको थियो । यो अस्पताल मेरिकास्थित सेभेन्थ डे एडभेन्टिस्ट चर्चको समेत सहयोगमा खोलिएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

गृह मन्त्रालयबाट भइरहेको आन्तरिक अनुसन्धान र त्यसपछि पक्राउ पर्न सक्ने सुइँको पाएपछि उनी पत्नीसहित नेपाल छोडेर भागेका हुन् ।