एमाले कम्युनिष्ट नै होइन, एमाओवादी एमाले भईसक्यो : वैद्य

असोज १२ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले सेना परिचालनबाट समस्याको समाधान नहुने बताएका छन् । सेना परिचालनले समस्याको समाधान सही दिशामा जानुभन्दा पनि देश गृह युद्धमा फस्ने उनको दाबी छ ।

सेना परिचालन गर्ने निर्णय नै सही नभएको भन्दै अध्यक्ष वैद्यले संवाद डवलीमा माक्र्सवादी लेखक हस्तबहादुर केसीद्धारा लिखित ‘क्रान्ति र विद्रोह’ नामक पुस्तक विमोचन कार्यक्रममा शुक्रबार देश गृहयुद्धमै फस्ने नै भएपनि नेपाली सेनाले मूर्खता नपाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उनले नेपालमा विज्ञापनको लागि मात्रै कम्युनिष्ट हुने प्रचलन बढेको भन्दै एमाले कम्युनिष्ट पार्टी नै नभएको र एमाओवादी पनि एमाले बनिसकेको टिप्पणी गरे ।

आफूहरु अन्तिमसम्म लचक हुँदा पनि वैदेशिक शक्तिहरुको षड्यन्त्र र शीर्ष नेताहरुको अदुरदर्शीताले राजनैतिक द्धन्द्ध चर्कन लागेको समेत उनले उल्लेख गरे । देशमा सही नसक्नुको राष्ट्रघात भएको पनि अभिव्यक्त गरे ।

वैद्यले आफुहरुको लचकतालाई कमजोरीका रुपमा लिनेहरुले देशमा गृहयुद्ध निम्त्याउने काम गरिरहेको समेत जनाए । कार्यक्रममा उनले भने, ‘हाम्रो लचकता बुझ्न नसक्नेहरुले सेना परिचालन गर्ने धम्की गरेपनि नेपाली जनताको वास्तविक आन्दोलनको विचार थाहा पाउने छन् ।’

दलहरु अझै पनि गाउ गाउसम्म जान नसकेको र आफूहरुको अभियान गाउ गाउसम्म पुगेको पुगेको भन्दै उनले आफुहरुको आन्दोलनले दलालहरुलाई परास्त गर्दै संघर्षका बीचबाट नयाँ सविधान लेखिने दाबी समेत गरे । ‘देशलाई सिक्किमीकरण गर्ने खतरा बढेकाले पनि बहिष्कारको आन्दोलन मार्फत् अघि बढ्नु परेको हो’ उनको भनाई छ ।

कार्यक्रममा नेकपा–माओवादीका पोलिटव्यूरो सदस्य धर्मेन्द्र बास्तोला, राजनीतिक बिश्लेषक प्रा.डा सुरेन्द्र केसी लगायतले विचार राखेका थिए ।

मओवादीका केन्द्रिय सल्लाहकार हस्तबहादुर केसीको पुस्तक फरक पत्र द्धैमासिकले आफ्नो वाषिृक उत्सवका अवसरमा प्रकाशन गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।