असोज ११ । युवा गायक तिर्थराज अर्याल र प्रेमकुमारको लोक तथा गजलहरुको पहिलो एल्बम प्रवेश सार्वजनिक भएको छ ।
शुक्रबार राजधानीमा संगीत गुरु धननीधि गोपालीले तीर्थ र प्रेमकुमारको ‘प्रवेश’ सार्वजनिक गरेँ । राजधानीको मिडिया इन्टरनेशनलमा आयोजित एक संगीतिक कार्यक्रमका बिच एल्बम प्रवेश सार्वजनिक भएको हो ।
एल्बममा लुकी छिपी हेर्नेले, उनीसँग, हिजो आज, मेरो यादमा, छर्यौँ जादु, आउ अब र सागर भए छ बोलका सातओटा गीत तथा गजल समेटिएका छन् । एल्बमा गणेश गुरुङ, रमेश शुभेछु, शिव सुनुवार, मदन बाबु कर्म, दिपक कौडिन्य, तिर्थराज आर्याल, माइकल सुनुवारका शब्द रहेका छन् भने संगीतमा समेत गणेश गुरुङ, तिर्थ अर्याल, गंगाधर पराजुली, माइला सुनुवारकै स्वाद सुन्न सकिन्छ ।
दुई युवा गायकको नयाँ एल्बम ‘प्रवेश’लाई इना म्युजिक एण्ड फिल्म प्रा.लीले बजारमा ल्याएको हो । प्रवेश सार्वजनिक कार्यक्रममा गायक तिर्थराज ‘लुकी छिपी हेर्नेले’ बोलको गीत प्रस्तुत गरे भने प्रेमकुमारले ‘उनी सँग बाँच्ने रैछ’ बोलको गजल गाएर कार्यक्रममा संगीतिक माहोल थपेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।