काठमाडौं । अंग्रेजी नयाँ वर्षको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ बढेर कारोबार भइरहेको छ । हिजो सामान्य घटेर कारोबार भएको सुनको मूल्य आज शुक्रबार तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सन् २०२० को अन्तिम कारोबार दिन बिहीबार सुनको मूल्यमा सामान्य गिरावट भएर प्रतितोला ९४ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

चाँदीको भाउ भने शुक्रबार स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन पनि चाँदी यसै मूल्यमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।