काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश दिँदै कोभिडसँग लड्ने क्षमताको हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअनुरूप सन् २०२० मा नेपाललाई निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रूपमा स्थापित गर्न सफल भएको पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेको र ‘समृद्ध नेपाल, सुखी नेपाली’को यो राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य भएको पनि बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।