चन्द्रागिरी हिल्सकाे २४ गतेदेखि सर्वसाधारणलाई आइपीओ खुल्ला

काठमाडौं । चन्द्रागिरी हिल्सले पुस २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५% अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा प्रतिकित्ता १०० रुपैयाँले आवेदन दिन सकिनेछ ।

चन्द्रागिरीको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यस आइपीओमा लगानीकर्ताले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयमा सबै आइपीओ बिक्री नभएमा भने माघ ९ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला