सशाम्बु युवा क्लव र लाकुरी समाजद्धारा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं । ललितपुरमा सशाम्बु युवा क्लव र लाकुरी समाजको सहकार्य तथा किरात समाजकाे सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । अस्पतालहरुमा बिरामीका लागि रगतको अभाव देखिदैं गएको अवस्थामा महालक्ष्मी नगरपालिका ९ ललितपुरमा क्लव र समाजले सहकार्य गरेर शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।

रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । रक्तदानमा सहभागी किरात समाजका उपाध्यक्ष राज चाम्लिङका अनुसार करिब १ सय ५० जनाले रक्तदान कार्यक्रममा सहभागिता जनाएका छन् । किरात समाजका तर्फबाट पनि करिब २० जनाले रक्तदान कार्यक्रममा सहभागिता जनाएको उनले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।