केपी ओली लुकेर बसेको गोमन सर्प : शर्मा

काठमाडौं । पुर्वमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी ओली कम्युनिष्टभित्र लुकेर बसेको गोमन सर्प भएको टिप्पणी गरेका छन् । उनले ओलीले आफैंले डसेर कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप समेत लगाएका छन् ।

दाहाल–नेपाल समूहले विराटनगरमा शनिबार गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै शर्माले ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरी ७२ वर्षको लामो कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पारेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूको असंवैधानिक संसद् विघटनले ७२ वर्षको लामो कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यू कम्युनिष्टभित्र लुकेर बसेको गोमन सर्प भएकोले आफैंले डसेर कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेका तर संसद् विघटनले कम्युनिष्ट आन्दोलन नभई ओली समाप्त भएका छन् ।’

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

नेकपाको ३ सय ४५ केन्द्रीय सदस्यमध्ये ३ सय १ जना हस्ताक्षर गरेर नेकपाको आधिकारिकता र सूर्य चिन्ह प्राप्त भइसकेकाले अरु कसैसँग मागेर लिने कुरा नभएको शर्माले बताए । मुलुकमा राजनीतिक स्थिरता कायम गर्न दुई तिहाइको समर्थन दिएका जनता अहिले रिसाइरहेकाले घर घरमा गएर माफी माग्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।