ओली समूहमाथि प्रचण्ड-नेपालको डण्डाः प्रदेश इन्चार्जबाट पोखरेल र गुरुङ बर्खास्त

काठमाडौं नेकपाको प्रचण्ड नेपाल समूहले ओली समूहमाथि डण्डा चलाउँदै लुम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई हटाउने निर्णय गरिएको हो ।

सोमबार बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठकले उनीहरूलाई हटाउने निर्णय गरेको स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए । पोखरेल र गुरुङ सम्बन्धित प्रदेशको मुख्यमन्त्री समेत हुन् । पोखरेल र गुरुङको ठाउँमा स्थायी समिति सदस्य युवराज ज्ञवाली र देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको गुरुङले जानकारी दिए ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला