माधव नेपालले भने, ‘प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गरे ‘



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले संवैधानिक ‘कू’ गरेको जनाएका छन् ।

अध्यक्ष नेपालले लामो अभ्यासलाई ध्यानमा राखेर बनेको संविधानको मूल्य मान्यता कुल्चिएर र मर्मलाई समाप्त पार्दै प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गरेको आरोप लगाए । राजधानीमा बुधबार आयोजित राजनीतिक पार्टीको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले संविधान नेपाली जनताको त्याग र बलिदानबाट बनेको भन्दै संवैधानिक अभ्यासलाई ध्यानमा राखेर संविधानमा प्रवधान तय गरेको तर संविधानको मूल्य मान्यतालाई कुल्चिएर, संविधानको मर्म समाप्त पार्ने अर्को भाषामा संवैधानिक ‘कू’ गरेर टिप्पणी गरे ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

नेपालले ओलीले पार्टी विधानलाई तोडेकोसमेत आरोप लगाए। उनले उनको यो कदमले संविधानसँगै सबै राजनीतिक दलको भावनामाथि प्रहार भएको बताए। उनले ओलीको यो कदम स्वेच्छाचारी भएको बताए। उनले ओली अहंकारी भएकोसमेत आरोप लगाए।