भारतमा कुखुरामा देखियो बर्ड फ्लू, नेपालमा पनि खतरा

काठमाडौं । भारतमा कुखुरामा बर्ड फ्लू देखिएको छ । खुल्ला सिमाना रहेको छिमेकी मुलुकमा बर्ड फ्लू देखिएसँगै नेपालमा पनि फ्लूको खतरा बढेको छ । भारतको चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएको हो । बर्ड फ्लू पुष्टि भएपछि नेपाल सरकारले पनि नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न माताहतका क्वरेन्टाइन कार्यालयहरुलाई निर्देशन दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

पशुपन्छीको आयातमा स्यानिटरी सर्टिफिकेट अनिवार्य गर्न र पशुपन्छीको खुल्ला व्यापारमा कडाई गर्न निर्देशन दिएको
छ । ‘दक्षिणतर्फका सबै नाकामा उच्च सर्तकता अपनाउन, आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधन र जनशक्ति माग गर्न विशेष निर्देशन दिएको मन्त्रालयले जनाएको छ । काँकडभिट्टा, वीरगन्ज, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली तथा गड्डाचौकी नाकामा विशेष ध्यान दिन आग्रह गरिएको मन्त्रालयको भनाई छ ।