ओलीको पतन अनिवार्य छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर कलंकको टीका लगाइसकेको भन्दै उनको पतन अनिवार्य भएको बताएका छन् ।

पोखरामा मंगलबार आयोजित भेलामा केही महिनाभित्र आफूहरू विजयी हुने उनले दाबी समेत गरेका छन् । ‘केही महिनाभित्रै हामी विजयी हुन्छौं। केपी गुटको पतन अनिवार्य छ। ओलीले कलंकको टीका लगाइसक्नुभयो,’ उनले भने । उनले आफूहरुले अन्तिम समयसम्म पार्टी एकताका लागि पहल गरेको पनि जनाए ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

प्रचण्डले प्रधानमन्त्री ओलीका ‘उखान टुक्का र हाँस्यव्यंग्य प्रहसन तथा भ्रमहरू परास्त गर्न पनि सडकमा उत्रनुपर्ने’ बताएका छन्।उनले सडकमा उत्रँदा फेरि एकपटक विद्रोह गरेको अनुभूति भइरहेको पनि बताएका छन्।