हालसम्मकै धेरै आवेदन चन्द्रागिरि हिल्सको आइपिओमा

काठमाडौं । चन्द्रागिरि हिल्समा हालसम्मकै सबैभन्दा धेरै प्राथमिक सेयर (आइपिओ) भर्नेहरुको संख्या पुगेको छ । चन्द्रागिरि हिल्समा खुलेको आइपिओमा १२ लाख ५१ हजार ९३८ जनाले आवेदन दिएका छन्।

आइपिओमा परेको आवेदन संख्या यो हालसम्मकै उच्च हो। बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार २ अर्ब ४४ करोड २९ लाख ८४ हजार रुपैयाँको आवेदन परेको हो।कम्पनीले सर्वसाधारणका लागि कुल १३ लाख ९६ हजार कित्ता सेयर निश्कासन गरेको हो।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ता सेयर दिनुपर्नेछ। तर यो कम्पनीमा भने आवेदन दिएकामध्ये करिब ८९ प्रतिशतको हात खाली हुने भएको छ। १ लाख ३९ हजार ६ सय जनालाई मात्रै कम्पनीको १० कित्ताका दरले सेयर बाँडफाँड गर्न पुग्नेछ।