काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ तोलामा १०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको हो । यो बढोत्तरीसँगै आज प्रतितोला छापावाल सुन ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ४०० रुपैयाँ मा खरिद विक्री भएको छ ।

तर हिजो (मंगलबार) सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर १ हजार २६० रुपैयाँ कायम भएको छ । हिजो तोलामा २० रुपैयाँ बढेर १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।