प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने जी न्यूको सगरमाथाको नाम फेर्ने अभियान

काठमाडौं । बालुवाटारमा नै आएर प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारण गरेको एक दिनपछि भारतीय टेलिभिजन च्यानल जी न्युजले सगरमाथाको नाम फेर्ने अभियान सञ्चालन गरेको पुष्टि भएको छ ।

प्रधानमन्त्री केपी शर्माको अन्तर्वार्ता लिन शनिबार नेपाल आएका जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले काला पत्थरबाट स्थलगत रिपोर्टसहित सामग्री तयार पार्दै सगरमाथा भारतले दाबी गर्नुपर्ने र नाम परिवर्तन गर्नुपर्ने बताएका छन् ।

उक्त सामग्री मंगलबार साँझ र बुधबार बिहान जी न्युजमा प्रसारित भएको थियो । गत डिसेम्बर १ मै पनि चौधरीले सगरमाथाको नामबारे एउटा सामग्री प्रस्तुत गरेका थिए । उनले त्यो कार्यक्रममा ‘एभरेस्टको नाम माउन्ट सिकदर किन नराखिएको रु’ भन्दै भारतीय गणितज्ञ राधानाथ सिकदरको नाममा सगरमाथाको नाम हुनुपर्ने बताएका थिए । त्यतिमात्रै होइन त्यसका लागि आफूहरुको अभियान नै सुरु भएको पनि चौधरीले दाबी गरेका थिए ।
अहिले पुनः उनले नाम फेर्नुपर्ने र सगरमाथा भारतले दाबी गर्नुपर्ने बताउँदै सामग्री प्रकाशित गरेका छन् । त्यसको जनस्तरबाट चौतर्फी विरोध भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।