असोज १० । मन्त्रिपरिषदका अध्यक्ष खिलराजरेग्मी आज संयुक्त राष्ट्रसंघको ६८ औं महासभामा भाग लिन अमेरिका  जाने  भएका छन् ।
 उनले २८ सेप्टेम्बरमा हुने महासभामा नेपालका तर्फबाट सम्बोधन गर्ने  छन् ।
अमेरीकाको युयोर्क महासभामा सम्बोधन पछि उनले समुक्त राष्ट्रसंघका महासचिव वान की मुन र भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहसँग भेटवार्ता गर्ने  गर्ने बताइएको  छ ।
देशमा संविधानसभा निर्वाचनको सुनिश्चित भैनसकेको अबस्थामा  चुनावी कार्यक्रमलाई बेवास्था गर्दै ६  दिने  लामो  भम्रणमा उनी  निक्लिएका  हुन्  ।
महासभामा रेग्मी  सहित उनकी  श्रीमती शान्ता रेग्मी, स्वकीय सचिव प्रकाश रेग्मी, कालीप्रसाद पोख्रेल, परराष्ट्र सचिव अर्जुनबहादुर थापा, राष्ट्रसंघका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, उद्धवप्रसाद बाँस्कोटा लगायतको टोली  जाने बताइएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।