काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको पुष्पकमल दाहाल ुप्रचण्डु–माधव नेपाल समूहले पार्टीको साधारण सदस्यबाट पनि निष्काशित गरेको छ। यसअघि अध्यक्षबाट कारबाही गरेको सो समूहको आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको हो ।
माघ ५ गते प्रचण्ड-माधव पक्षले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाएको थियो। तर, ओलीले कुनै जवाफ दिएका थिएनन्। पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजित भएको छ। कानुनी रुपमा विभाजन हुन बाँकी रहेको पार्टीका दुई समूहले एक अर्काप्रति कारबाहीको शृंखला चलाएका छन्। ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको थियो।
Comments