काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आईपीओमा ५७ हजार आवेदन शंकास्पद भएको आशंका गरिएको छ । प्रारम्भिक रुपमा भइरहेको डेटा भेरिफाईको क्रममा ५७ हजार आवेदनमाथि दोहोरो आवेदनको आशंका गरिएको हो ।

यो कम्पनीको आइपीओमा आईपीओमा १५ लाख २९ हजार ४६० आवेदकले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ता खरिदका लागि आवेदन दिएका छन्। यो कुल १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँबराबरको आवेदन हो।

निफ्राको आईपीओमा १० देखि ५० कित्तासम्म खरीदका लागि आवेदन दिएका सबैले सेयर पाउने सम्भावना देखिएको छ । त्यसभन्दा माथि सेयर माग गर्नेको विषयमा गोलाप्रथा गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।