काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई अपराधको पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् । उनले पशुपतिमा गएर बत्ती बाल्दैमा पाप नपखालिने जिकिर समेत गरे ।

मुगुको गमगढीस्थित संसद विघटनविरुद्धको आन्दोलमा सम्बोधन गर्ने क्रममा नेता रावलले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गरेको सन्दर्भमाथि कटाक्ष गर्दै नेता रावलले यस्तै बताएका थिए ।

‘नागरिक समाज, कानुन व्यवसायीदेखि चौतर्फी बिरोध हुनथालेपछि आफुले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन् । तर यति ठूलो अपराधको बत्ती बालेर अपराध पखालिँदैन ।’ उनले भने ।

रावलले केपी ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको बरु उल्टै विदेशीहरुसँग झुक्न थालेको पनि आरोप लगाए । यस्तै देश र जनताविरोधी काम गर्न थालेपछि पार्टीले ओलीलाई रोक्न खोजेको उनले स्मरण गरे ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।