काठमाडौँ । नेपालमा आज देशैभर कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएको एक वर्षपछि आज कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको हो । बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट यसको सुभारम्भ गरेका छन् ।

अभियान सुरु भएसँगै सातै प्रदेशमा खोप लगाउन सुरु भएको छ । आज देशभरका ६२ अस्पतालमा रहेका १२० खोप केन्द्रबाट १२ हजारलाई खोप प्रदान गरिने बताइएको छ ।

नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप तथा भारतको औषधी उत्पादक कम्पनीले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग गर्न थालिएको हो । पहिलो चरणमा भारतले १० लाख डोज उपहारस्वरुप दिएको खोप लगाउन थालिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।