काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई भारत पाकिस्तान अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरेको छ ।

बाइडन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो ।

अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ । किनभने आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको भनाइ छ । भारत–पाकिस्तानको सीमा क्षेत्रमा बेला–बेलामा गोलीबारी हुने गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।