काठमाडौं । नेपाली बजारमा साताको चौथो कारोबारको दिन बुधबार सुनको भाउ घटेको छ । स्थानीय बजारमा बुधबार सुनको भाउ प्रति तोलामा ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । तर मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेको हो ।
यस्तै, बुधबार चाँदीको भाउ पनि घटेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार २५५ रुपैयाँमा खरीदविक्री भएको थियो ।
Comments