काठमाडौं । गत माघ १२ गते बिहान ८ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओली पत्नीसहित पशुपतिनाथको मन्दिरमा भ्रमण तथा पुजाआजा गर्न पुगे । प्रधानमन्त्री हुँदा पहिलो र दोस्रो दुवै पटक सपथ खाने क्रममा इश्वर (भगवान) को नाम उच्चारण नगरेका उनी आफैं मन्दिर पुगेपछि उनको चर्चा नहुने कुरै रहेन ।

दिनभरी नै चर्चा परिचर्चा चल्यो । कतिपयले उनीप्रति असन्तुष्टि पनि जनाए । कतिपयले धर्मको राजनीति गरेको आरोप पनि लगाए । सर्वसाधरणमा विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने विषयलाई स्थान्तरण गर्न प्रचण्डको चरित्र हत्या गर्ने उद्देश्यले फोटोसपमा इडिटेड फोटोलाई प्रयोग गरेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्रीको गुनगान र प्रचण्डमाथि शक्ति वृद्धि गर्न भैंसी पुजा गरेको गम्भीर आरोप लगाए ।

प्रचण्डले विकास निर्माण अन्तर्गत भवन निर्माणको शिलान्यास गर्ने क्रमको फोटो ।

उनले प्रधानमन्त्रीले पशुपतिमा खिचाएको र प्रचण्डले कुनै विकास निर्माण वा भवन निर्माणको उदघाटनको क्रममा भएको फोटोमा फोटोसपको प्रयोग गरी भैंसी समेत जोडिएको फोटो प्रयोग गरेर चरित्र हत्या गरेका हुन् । थापाले प्रयोग गरेको प्रचण्डको फोटो उनी प्रधानमन्त्री हुँदाको कुनै सरकारी भवन तथा पूर्वाधार विकास निर्माणको शिलान्यासको क्रमको रहेको जनाइएको छ । त्यसैलाई फोटोसपबाट बिगारेर प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले नै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डको चरित्र हत्या गरेका हुन् ।

फोटोसपबाट इडिट गरेर भैंसी राखिएको प्रम प्रेस सल्लाहकार थापाले फेसबुकमा हालेको फोटो

सँगै पोष्ट गरिएको दुई फोटो क्याम्सनमा उनले दैनिक हजारौं जनता श्रद्धाका साथ पुजाआजामा जाने पशुपतिनाथ मन्दिरमा प्रधानमन्त्रीले गरेको कार्यको सर्वत्र प्रसंशा भएको भन्दै तारिफ गरेका छन् भने प्रचण्डलाई फोटोसपमा मिलाएको फोटोको प्रयोग गरेर भैसी पुजा गर्नु विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक नमान्ने ठोकुवा पनि गरे । अझ, थापाले प्रचण्डलाई आफ्नो शक्ति वृद्धिका खातिर सुनसरीमा भैंसी पुजा गरेको आरोप समेत लगाएका छन् ।

थापाले उक्त फोटोसपबाट बिगारेको फोटो इडिटेड फोटो रहेको भन्दै धेरै फेसबुक प्रयोगकर्ताले आलोचना गरेका छन् । तर, उनले देखे नदेखें झै गरी बसेको पाइएको छ । उक्त फोटोसहितको पोष्टमा यो समाचार तयार गर्दासम्म ६ सय ७० वटा कमेन्ट, १५ सय लाइक र ७६ सेयर भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।