काठमाडौँ । भारत हुँदै नेपालमा फेरि बर्डफ्लु रोग पुष्टि भएको छ । उपत्यकामा पालेका हाँस र टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको हो । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गरिएको विभागले जनाएको छ । उक्त क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको छ । संक्रमण अन्यत्र फैलिन नदिन तथा नियन्त्रण गर्न संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरेको विभागले जनाएको छ ।

बर्डफ्लु नेपालमा प्रवेश गरिसकेकाले विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नरगराउन आग्रह गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।