काठमाडौं । काठमाडौँ — अभिनेत्री सुष्मा कार्की आफूमाथि हातपात भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिन पुगेकी छिन् । उनले आरती खड्काविरुद्ध महानगरीय प्रहरी वृत दरबारमार्गमा उजुरी दिएकी छिन् ।

सोमबार काठमाडौंको लन्डन पब क्याफेमा हातपात भएपछि राति नै प्रहरीमा उजुरी दिएको उनले बताएकी छिन् । ुउत्सव रसाइलीसँग अन्तर्वार्ताको विषयमा भनाभन भयो । त्यही बेला २ जना केटाहरु आएर मलाई अपशब्द प्रयोग गरे । त्यसपछि श्वेता खड्काकी बहिनी आरतीले पछाडिबाट कपाल लुछिन् ।’ उनले भनिन् ।

पवमा अभिनेत्री श्वेता खड्का, उनका पति विजयेन्द्रसिंह राउत र बहिनी आरती खड्का उपस्थित रहेको बताइएको छ । प्रहरीमा उजुरी दिन पबबाट निस्कँदा श्वेताले पनि आफूविरुद्ध अपशब्द प्रयोग गरेको कार्कीले जनाएकी छिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।