नख्खु जेलमा विप्लव समूह नेतासँग मन्त्रीकाे भेट

काठमाडौं । खानेपानी मन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका छन् । वार्ताको प्रसंग चलिहेका बेला थापाले नक्खु कारागार पुगेर आज विहान नेता थापाले सुर्दशनलाई भेटेका हुन् ।
मन्त्रीको सचिवालयले भने कारागारको खानेपानी र ढल व्यवस्थापन लगायतको विषयमा अनुगमनका क्रममा भेट भएको जनाएको छ । सचिवालयले भेटका क्रममा समान्य कुराकानी मात्रै भएको जनाएको छ ।
सरकारले २०७४ फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि सुदर्शन २०७५ चैत ९ मा काभ्रेबाट पक्राउ परेका थिए । उनी अहिले नख्खु जेलमा छन् ।