असोज ८ । नेपाल ओलम्पिक सङ्ग्रहालयको उपाध्यक्षमा प्रकाश दाहाललाई आज मनोनयन गरिएको छ ।

सङ्ग्रहालयलाई विस्तार तथा व्यापकता दिन कार्यसमितिको निर्णंयअनुसार दाहाललाई उपाध्यक्षमा मनोनयन गरिएको हो।

प्राध्यापक दीनेशराज पन्त र इतिहासविद् जलकृष्ण श्रेष्ठलाई सल्लाहकारमा मनोनयन गरिएको छ।

सङ्ग्रहालय नेपालको खेलकुद विकासका लागि ऐतिहासिक वस्तुहरुको संरक्षण तथा ओलम्पिक आन्दोलनलाई टेवा दिने उद्देश्यले २० वर्षअघि स्थापना गरिएको सङ्ग्रहालयका संस्थापक अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बताए । -रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।