असोज   ८  ।  नजिकै  गरेको दसैँ तिहार र छठ पर्वमा हुनसक्ने आपराधिक घटना र सुरक्षा चुनौतीलाई  मध्य नजर  गर्दै   नेपाल प्रहरीले  चाडपर्व बिषेश  सुरक्षा योजना आजदेखि  सञ्चालन गरेको छ ।
महानगरी प्रहरी आयुक्तको कार्यालय  रानी पोखरीले  उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटिरहित, भरपर्दो, विश्वसनीय र मजबुत तुल्याएर सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति  गराउनका लागी विशेष सुरक्षा योजना  सुरु गरिएको  बताएको छ ।
 नेपालीको महान  चार्ड दशैतिहारमा उपत्यकाका  धेरै जसो मानिस बाहिर जाने  भएकोले चोरीडकैती, अपराधी गतिविधी लाई ध्यानमा  राखेर उपत्यकामा आठ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने आयुक्तको कार्यालयका प्रहरी नायब महानिरीक्षक विश्वराजसिंह शाहीले बताएका छन् ।
  प्रहरीले यस अवधीमा कालोबजारी, ठगी, लुटपाट, कृत्रिम अभाव नियन्त्रणका  र  सार्वजनिक स्थल र सुनचाँदी पसलमाको सुक्षा साथै  र साना हतियार नियन्त्रणमा  छुट्टै सुरक्षा टोली  सुरक्षा सतर्कतालाई लागी  खटिने  आयुक्त कार्यालयका प्रवक्ता हेमन्तले जानकारी दिए।
 यस  अवधिमा शङ्कास्पद व्यक्ति र स्थानमा सुरक्षा निगरानी बढाइनुका साथै खानतलाशी लिने र मठमन्दिरको सुरक्षामा समेत विशेष ध्यान पुर्‍याइने प्रवक्ता पालले  बताएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।