असोज ८ । सरकार र अख्तियारले समेत रोक लगाएको बोनस आयल निगमले कर्मचारीलाई सुटुक्क बाडेपछि बिद्यार्थीहरुले बिरोध गरेका छन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धिको विरोधमा गरिरहेका १७ विद्यार्थी संगठनको बेवस्था गर्दै कर्मचारीलाई बोनस बाडेकोमा तुरुन्त बोनस फिर्ता र मूल्य वृद्धि फिर्ता लिन निगमलाई आज ४ बजेसम्मको अल्टिमेटम दिएका छन् ।
चार बजेसम्म पनि मूल्य वृद्धि फिर्ता नलिए बिद्यार्थीहरुले आमरण अनसन गर्ने चेतावनी दिएका छन् ।
आज ४ बजे १७ विद्यार्थी संगठनको बैठक बसेर आन्दोलनका कार्यक्रमका विषयमा छलफल गर्ने नेविसंघका प्रवक्ता युपी लामिछाने जानकारी दिएका छन् ।
Comments