दुर्घटनामा ३ जनाको मृत्युपछि राजमार्ग अवरुद्ध

असोज  ८ । पुर्बपश्चिम राजमार्ग  अन्तर्गत नवलपरासीको प्रगतिनगरमा यात्रु बसको ठक्करवाट मृतक परिबारलाई  क्षतिपूर्तिको माग गर्दै अहिले महेन्द्रराजमार्गमा यातायात अवरुद्ध गरेका छन्  ।

आज बिहानैबाट स्थानीयबासीले र मृतकका  आफन्तहरुले  क्षतिपूर्ति र अक्षयकोष स्थापनाको माग राखेर सडकका अवरोध  सहित नाराबाजी  गरिरहेका छन् ।

सडक अबरुद्ध भएपछि गन्तब्यमा हिडेका सयौ सवारी साधनहरु र यात्रुहरु अलपत्र परेका छन् ।

 सोमबार भैरहवाबाट काठमाण्डौं  आउदै  गरेको  लु १ ख ७३६४ नम्बरको यात्रुबाहक बसले ना १९ प ८३०४ नम्बरको मोटरसाईकललाई ठक्कर बाट मोटरसाइकलका चालक राम प्रसाद भुषाल, उनकी छोरी लक्ष्मी तिवारी र नाती युगल तिवारीको घटनास्थलमै  ज्यान  गएको  थियो ।

 दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगाजनी  गरिदिएका  थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।