असोज ८ । इटालीको जिनोआ सहरको स्यान विन्सेन्जोमा बिग्नोल रेल्वे स्टेसन नजिकैको सेन्ट्राले सिनेमा हलमा प्रहरीले यौन व्यवसाय सञ्चालन गरेको फेला पारेको छ ।
फिल्मको टिकट भन्दा निकै कम दरमा त्यहाँ यौनजन्य क्रियाकलाप भइरहेको एजेन्सीहरुले जनाएका छन् । छानविनपछि प्रहरीले उक्त हल बन्द गराएको छ ।
उक्त क्षेत्रलाई रेड लाइट एरियाको रूपमा पनि जानिन्छ । स्थानीय खबर पत्रिका रिपब्लिकाका अनुसार समलिंगी, ट्रान्ससेक्सुअल, युवा र युवतीले हलको सिट, शौचालय, रिसेप्सन नजिक र फिल्मको प्रोजेक्टर भएको कोठामा समेत यौनलीलामा मग्न फेला परेका थिए ।
यौन व्यवसायलाई प्रोत्साहन दिएको आरोपमा सेन्ट्राले हलका दुई प्रबन्धक र अन्य १७ जनाको भूमिकाबारे छानविन भइरहेको छ ।



