ललितपुर १९ मंसिर
तस्बीरः मदन अमात्य, फेसबुक
नेपाली कांग्रेस ललितपुरका दुई उम्मेदवार ले भोट खरिद गर्ने, मौन अवधीमा विभिन्न गुठी, मन्दिर तथा संघ संस्थामा पुगेर बजेट तथा आवश्यक सामग्री मिलाउने प्रतिवद्धता जनाउने, कतिपय ठाउँमा पैसा उपलब्ध गराउने, मौन अवधिमा प्रचार सामग्री बाड्ने लगायत आचार संहिता विपरित गतिविधि गरेको तथ्य फेला परेको छ ।
ललितपुर क्षेत्र नम्बर तीनका प्रतिनिधिसभातर्फका कांग्रेस उम्मेदवार मदन बहादुर अमात्यले निर्वाचनको मौन अवधिमा भोट खरिदजन्य क्रियाकलापलाई तिब्रता दिएको पाइएको हो ।
बुधबार साँझ करिब सात बजे ललितपुर क्षेत्र नम्बर तीनका कांग्रेस उम्मेदवार मदन बहादुर अमात्य, तीन क का प्रदेशसभाका उम्मेदवार नवराज महत, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भोटका लागि निर्वाचन आचारसंहिता विपरित क्रियाकलाप गर्दा ललितपुरको झोंछेबाट लखेटिनु परेको छ । स्थानीय युवाहरुले घेरा हाल्न खोजेसँगै प्रहरी समेत त्यहाँ पुगेपछि भोट प्रभावित गर्न पुगेका मदन अमात्यसहित दुई उम्मेदवार र दुई मेयरको बुधबार राती भागाभाग भएको हो ।
आचार संहिता विपरित ललितपुर महानगरपालिका वडा २३ को झोंछेस्थित रामभजन खल गुठीका लागि आवश्यक सबै सामग्री किनिदिने भन्दै भोट प्रभावित गर्ने क्रममा स्थानीय वाम गठबन्धन दलले आचारसंहिता विपरित भोट खरिद गर्न थालेको भन्दै जम्मा भएका थिए ।
पम्फा भुसालका कारण टर्यो झडपको अवस्था
गुठीको नाममा पैसा दिएर मौन अवधिमा भोट प्रभावित गर्न खोजेको भन्दै वाम गठबन्धन दलका स्थानीय नेता कार्यकर्ताले ललितपुर क्षेत्र नम्बर तीनमा वाम गठबन्धन दलका साझा उम्मेदवार पम्फा भुसाललाई बुधबार साँझ खबर दिएका थिए ।

नेकपा माओवादी केन्द्र ललितपुरका एक नेताका अनुसार स्थानीय नेता कार्यकर्ताले भुसालसँग गुठीको सामानको नाममा पैसा बाड्ने तयारी हुँदै गरेको भन्दै घेरा हालेर राख्ने तयारी गरेको जानकारी दिएका थिए । भुसालले भने घेरा हाल्दा झडपको अवस्था सिर्जना हुने भन्दै घेरा नहाल्न आग्रह गरेकी थिइन् । सो क्रममा स्थानीय कार्यकर्ताले कांग्रेसीले जे पनि गर्दा चुप लागेर बस्दा पैसा बाड्दै सबै भोट किन्ने र मतमा असर पर्न सक्ने बताएको ती नेता बताउँछन् । सो क्रममा भुसालले आफूले अहिलेको अवस्थामा ९/१० हजारको अन्तरले जित्ने र प्रदेश क र ख मा राजकाजी महर्जन र जिवन खड्काले पनि ४/५ हजार भन्दा बढी मत अन्तरले जित्ने पक्कापक्की जस्तै रहेको भन्दै घेरा हाल्दा झडप हुने र निर्वाचन समेत शान्तिपूर्ण नहुने भएकाले आक्रोशित नहुन भन्दै सम्झाएकी थिइन् । भुसालले सम्झाएपछि वाम गठबन्धनका नेता कार्यकर्ता घेरा हालेर नियन्त्रण लिनबाट पछि हट्दा त्यहाँ झडप भने टरेको थियो ।

त्यसलगत्तै भुसालले सिडिओलाई फोन गरेर आचार संहिता विपरित काम भईरहेको जानकारी दिएकी थिइन् । झोंछेका एक स्थानीयका अनुसार, हल्लाखल्लासँगै भिडभाड बढेको र प्रहरी त्यहाँ नपुग्दै कांग्रेस उम्मेदवारहरु भने हतार हतारमा भागेका थिए ।
अमात्यद्धारा आचारसंहिता विपतिर प्रचार, प्रचारमै ३० लाख गायब
ललितपुर ३ का कांग्रेस उम्मेदवार अमात्यले आचार संहिता विपरित प्रचार सामग्री समेत बाड्दै हिडेको तथ्य समेत फेला परेको छ । निर्वाचन आचार संहिता अनुसार मौन अवधीमा प्रचार प्रसार गर्न नपाईने भएपनि उनले भने प्रचार सामग्री वितरण मौन अवधिमा पनि गरेको भेटिएको हो । मैले गरेका काम शिर्षक दिएको उक्त प्रचारमा कहाँ कहाँ बजेट छुट्याइएको भनेर विवरण दिइएको छ । संसद विकास कोषको बजेटलाई उनले आफूले नै संघर्ष गरेर ल्याए झैं गरी प्रस्तुत गरेका छन् । तर, उक्त बजेटको मूल्यांकन गर्दा पारदर्शी छैन भने लाखौं अनियमिमता र भ्रष्टचार गरेको शंका गर्ने ठाउँहरु भेटिन्छन् ।उनकै प्रचार सामग्री अनुसार आर्थिक वर्ष २०७३/७४ मा ३० लाख गायब बनाइएको छ । प्रचारमा ३० लाख रुपैयाँ कहाँ खर्च गरियो भन्ने विवरण छैन । यस्तै, २०७२/७३ मा संसद विकास कोषको भन्दा ३९ हजार बढी देखाइएको छ । उक्त बजेट कहाँबाट ल्याइयो भन्ने समेत छैन । यस्तै, २०७१/७२ मा कम बजेट देखाइएको छ भने त्यसमा पनि लाखौं रुपैयाँबारे पारदर्शिता देखाइएको छैन । उनले छुट्याएको बजेट शिर्षक देखाइए पनि अपारदर्शी पर्चा मौन अवधिमा भोट तान्न बाडिएको पाइएको हो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।