दिप बहादुर घति/जाजरकोट
असोज ७ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले सोमवार विहानै देखि सदरमुकाम खलंगामा रहेका साना होटल ब्यवसायीहरुको घरमा छापा हानेर घरेलु मदिरा कब्जामा लिएको छ ।

जिल्लाको शान्ति सुरक्षाबाट निर्वाचनलाई सहज बनाउन घरेलु मदिरा कब्जामा लिनु परेको प्रहरीले जनाएको छ ।
    सोमबार बिहानै ६ बजे देखि सदरमुकाम खलंगाको तल्लो थाप्लेमा रहेका साना होटल ब्यबसायीहरुको घरमा छापा हानेर घरेलु मदिराका ड्रम, चुलाई गर्ने भाडाकुडा, गनि नसकिने लोकल रक्सिका जर्किनहरु प्रहरीले आफ्ना नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लिएको स्थानिय शान्ति समितिका अध्यक्ष प्रताव जैसीले वताए । उनीले शान्ति सुरक्षाको दोषि लोकल रक्सि मात्र नभई पक्कि (बैधानिक) मदिरा पनि दोषि हुने भएको हुदा यसलाई पनि नियन्त्रण गर्नु पर्छ भने ।

देशमा प्रयोग हुदै आएका सबै शासन ब्यबस्था गरिबको साना ब्यबसायको पक्ष्यमा हुन नसको साना होटल ब्यबसायीहरुले गुनासो गर्न थालेका छन । जीवन धान्नका लागि मुस्किलले सानो जाड रक्सिको ब्यबसाय गर्न खोजि रहेका ब्यबसायीलाई ज्युदै मार्ने तरिका बाहेक अरु नभएको वीर बहादुर खड्काले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।