राजधानीको खुल्लामञ्चमा सोमबार ३३ दलले आयोजना गरेको कार्यक्रममा उनले आफूहरुलाई अलग्गाएर यथास्थितिमै संविधानसभाको निर्वाचन गरिए सशक्त आन्दोलनसँगै सडकबाटै संविधान जारी गर्ने उदघोष समेत गरेका छन् ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पञ्चायत, प्रजातन्त्र, लोकतन्त्रका साथै संविधानसभाका लागि पनि नेपाली जनताले रगत बगाएको भन्दै आफूहरुलाई वाईपास गरेर संविधान बनाए आगो लगाउने चेतावनी समेत दिए ।
हामी कट्टर थिएनौँ, चुनावमा जान्छौँ नै भनेका हौँ’ विरोधसभालाई सम्बोधन गर्दै उनले भनेर्, वैदेशिक प्रतिक्रियावादीको निर्देशनमा सहमति भाँडियो ।’
वैद्यले आफैं संविधानसभाको निर्वाचन तोक्न नसक्ने चार दलका नेताहरुलाई कमण्डलु बोकेर हिड्न समेत भनेका छन् र्। चुनाव पनि गर्न नसक्ने, एक जना सरकारी कर्मचारीलाई प्रधानमन्त्री बनिदिनु पर्यो भनेर बिन्ति हाल्ने चार दलका नेताको औचित्य छैन, उनीहरुको अस्तित्व पनि सकिसक्यो’ उनले भनेर्, जोगी भएर कमण्डलु भिरेर हिँडे हुन्छ, किन राजनीति गर्नुहुन्छ ।’
चार दलीय सिण्डिकेटले विदेशी सामु नेपालाई बुझाउन चाहेको भन्दै चार दलका नेताहरुलाई वैद्यले लाज, सरम केही नभएका नेपाली लेष्डुपदोर्जेको संज्ञा पनि दिए । सम्बोधनका क्रममा उनले राष्ट्रपति समेत विदेशीसँग झुकेको पनि उल्लेख गरे । संवैधानिक हैसियतमा रहेका राष्ट्रपतिमाथि हाम्रो थोरै भएपनि विश्वास थियो वैद्यले भनेर्, राष्ट्रपति ज्यू पनि गल्नुभयो, राष्ट्रपति पनि विस्तारवादका सामु चुक्नु भयो ।’
विरोधसभालाई सम्बोधन गर्दै वैद्यले अझै पनि वार्ताको ढोका खुल्ला रहेको पनि जनाए । आफूहरु चुनावमा जान चाहे पनि विदेशीले रोकेको भन्दै उनले एक हातमा बहिस्कारको आन्दोलन र अर्काे हातमा वार्ताको ढोका खुला राखेको बताए र्। अहिलेको निकास भनेको वार्ता नै हो’ वैद्यले भनेर्, नेताहरुमा अलिकति बुद्धि छ भने वार्तामा आउन, वार्ताका लागि अझै पनि स्वागत छ ।’
सभामा चार दलप्रति खनिएका वैद्यले आफूहरुमाथि षड्यन्त्र रचिएको समेत जनाए । आफूहरु चुनावमा आउँदा हाछौँ भनेर एमाओवादीले यिनीहरु लडाईँका लागि हतियार सञ्चय गर्न मात्र मिति सार्न लागेका हुन्, निर्वाचनमा आउँदैन भनेर कुप्रचार गरेको र एमाले कांग्रेसले पनि आफूहरु निर्वाचनमा आउँदा एमाओवादीसँग मिलेर आफूहरुलाई सखाप पार्छन भन्ने सोचेर वाईपास गरेरै जान खोजेको गुनासो समेत पोखे ।
पश्चगामी र अग्रगामी दुई ध्रुवमा देश रहेको भन्दै आफूहरुले परिर्तवनको पक्षमा अग्रगामी धु्रवको नेतृत्व गरिरहेको भन्दै वैद्यले अबको लडाई सेना तथा प्रहरीसँग नभई राष्ट्रियता गुमाईसकेका चार दल र विस्तारवादको विरुद्ध रहेको बताए । उक्त लडाईमा सेना प्रहरीले पनि परिवर्तनको पक्षमा लड्नेलाई साथ दिनुपर्ने पनि उनले बताए ।
कार्यक्रममा माओवादी पोलिटब्यूरो सदस्य समेत रहेकी पार्टी प्रवक्ता पम्फा भुसालले चार दलले निर्वाचनको मिति निकासका लागि भन्दा पनि राष्ट्रियता, स्वाधीनता सखाप पार्ने उद्देश्यले मात्रै तोकेको बताइन् । अन्तरिम संविधानलाई खोस्टो बनाएर गरिने कुनै पनि काम नेपाली जनतालाई स्वीकार्य नहुने भन्दै उनले त्यसलाई नेपाली सेनाले पनि साथ नदिने बताइन् ।
नेकपा एकीकृतका महासचिव परी थापाले आफ्नो आन्दोलन रहरले मात्रै नभएर राष्ट्रियताको रक्षाका लागि भएको बताए । संविधानसभा वर्षदिनमा गरिने सत्यनारायाणको पुजा जस्तो नसोच्न उनले दलहरुलाई चेतावी समेत दिए ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणी थापाले राष्ट्रिय सहमति नबने संविधानसभाको ढोका नै खुल्न नसक्ने जनाए । कसैलाई बेवास्ता गरेर निर्वाचन गरिए निकासको सट्टा दोस्रो जनयुद्ध जन्मने उनको भनाई छ ।
कार्यक्रममा संघीय लिम्बुवान सम्वद्ध मञ्चका खगेन्द्र माखिमले टेबुलबाट सहमति नदेख्ने नेताहरुका लागि एउटै विकल्प सशक्त आन्दोलन भएको भन्दै निर्वाचन ध्वस्तै पार्ने चेतावी दिए । यथास्थितिमा निर्वाचन गरिए दोस्रो जनयुद्ध पनि सुरु हुन सक्ने बताएका उनले हिम्मत भए अहिले नै पक्राउ गर्न र गोली हान्न चेतावनी समेत दिए ।