Thursday, September 24, 2026
17.1 C
Kathmandu
Home अर्थ खबर प्रभु बैंकको महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा

प्रभु बैंकको महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा

काठमाडौैं । प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालस“गको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity) कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।
बुधबार सम्पन्न एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उधमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेको बैंकले जानकारी दिएको छ । कोभिड –१९ को मारमा परेको ट्रेकिङ्गव्यवसाय र नियमितआयआर्जनबाट बिमुखहुनपुगेका महिला ट्रेकिङ्ग उधमीहरुलाई ट्रेकिङ्गको लागीचाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आफ्नो उधमव्यवसायलाई पून: सुचारु गर्दैजिवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बिश्वास लिएको बैंकले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।