नेफ्राको सेयर एकैदिन १६ हजार पटक कारोबार

काठमाडौं ६ फागुन । नेपाल स्टक एक्सचेन्जमा कारोबार खुलेसँगै निरन्तर पोजेटिभ सर्किट हान्दै आएको नेपाल इन्फास्ट्रक्टर बैंक (नेफ्रा)को सेयर बिहीबार मात्र १६ हजार पटक कारोबार भएको छ ।
बिहीबार ४९ रुपैयाँ अर्थात करिब १० प्रतिशत बढेर नेप्सेमा १६ हजार पटक कारोबार भएको हो । सम्भवतः यो नेप्सेमा एकैदिन धेरै पटक कारोबार भएको सबैभन्दा धेरै संख्या रहेको सेयरबजारका हस्तीहरुले बताउने गरेका छन् । नेफ्राको सेयर बिहीबार १६ हजार पटक कारोबार हुँदा ९ लाख ३२ हजार ५ सय ३४ कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार नेफ्राको सेयर ५४६ रुपैयाँ पुगेको छ । नेफ्राले केही समय आठ अर्बको आईपिओ जारी गरेको थियो । जसमा आवेदन दिने सबैले ५० कित्तासम्म अनिवार्य रुपमा पाएका थिए ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला