असोज ७ । मलेसियामा भैरहेको एएफसी प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा तुर्किमेनिस्तानको बाल्कन क्लबले नेपालको थ्री स्टारक्लबलाई ६- ०को गोल अन्तरले पराजित गरेको छ ।
सुरु देखी नै दबावमा रहेको थ्रिस्टारले पहिलो हाफमा २-० पछाडी रहेपनि दोस्रो हाफमा ४ गोलथपेर ६-०ले ले बिजय भएको छ ।
बाल्कनका उत्कृष्ट स्ट्राइकरको सामु थ्रीस्टारका गोल किपर र डिफेन्स निरिह बनेका थिए ।थ्रिस्टारले अब दोस्रो खेलमा मंगोलियाको इर्चिम एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
Comments